सरकार

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

इकागज |
असोज ६, २०७८ बुधवार १०:४४ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेकी छिन् । 

२०७४ को आम निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित डा. खड्का देउवा नेतृत्वको सरकार गठन भएको ७२ दिनपछि मन्त्री नियुक्त भएका हुन् । गठबन्धन दलहरूले नाम सिफारिश नगरेकाले देउवाको मन्त्रीमण्डल विस्तारमा ढिलाइ भैरहेको छ । 


डा. खड्का परराष्ट्र मन्त्री नियुक्त भएसँगै आज बेलुका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्यूयोर्क जाँदैछन् । 

डा. खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री भैसकेका छन् । उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । 
 


Author

थप समाचार
x