सरकार

मन्‍त्रिपरिषद्‍ विस्‍तार

महत्वपूर्ण नेताहरूलाई समेट्न सकिएन: प्रधानमन्त्री देउवा

इकागज |
असोज २३, २०७८ शनिबार १३:१२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिँदा धेरै महत्वपूर्ण नेताहरू छुटेको स्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेटन नसकिएको स्पष्ट पार्दै आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीलाई योगदान दिएका साथीहरू छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई उचित भूमिका दिने आश्वासनसमेत दिए ।


प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रिपरिषद्‍लाई पूर्णता दिएका थिए । तर महत्वपूर्ण नेताहरूलाई समेटन नसकिएको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘भर्खरै सरकार बनेको छ । सरकारमा धेरै र महत्वपूर्ण साथीहरू छुटेका छन्,' उनले भने, 'पार्टीलाई योगदान दिएका साथीहरू छुटेका छन् । संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन । भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु ।’


Author

थप समाचार
x