सरकार

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति

इकागज |
कात्तिक २, २०७८ मंगलबार १३:४७ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका हुन् ।

उनले नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । 


सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँण समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए ।


Author

थप समाचार
x