सरकार

बाढी, पहिरो र डुबानमा फसेका पर्यटकलाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन

इकागज |
कात्तिक ४, २०७८ बिहीबार ८:१६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षात्‌पछि आएको बाढी पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाणले आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्‍मा फसेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन्।

‘बाढी पहिरो र भएको डुबानमा परेका नेपाली नागरिकहरूको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ । अब नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक/पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन् । उनीहररूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाणले निर्देशन दिँदै भने । 



Author

थप समाचार
x