सरकार

मन्त्रिपरिषद्‌ बैठक बस्‍नुअघि मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

इकागज |
कात्तिक ८, २०७८ सोमबार १०:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठक आज दिउँसो ४ बजे बस्‍दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद्‌ बैठक बस्‍न लागेको हो ।

मन्त्रिपरिषद्‌ बैठक बस्‍नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । पछिल्‍लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । छलफलपछि दिउँसो ४ बजे बस्‍ने मन्त्रीपरिषद्‌ बैठकमा प्रस्ताव लैजाने एक मन्त्रीले जानकारी दिए ।



Author

थप समाचार
x