सरकार

कर्णालीका १० वटै जिल्लालाई सडक सञ्‍जालबाट जोड्छुः मुख्यमन्त्री शाही

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १२:२८ बजे

कर्णाली- कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्‍जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । आज (बिहीबार) पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्‍जालसँग नजोडिएका हुम्लालगायत १० वटै जिल्लालाई  सडक सञ्‍जालमा जोड्न पहल गरिने बताएका हुन् ।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए । उनले भने, 'पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौँ जानुभएको छ उहाँ काठमाडौँबाट फर्केलगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी) सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।' 


मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र)बाट चार र नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री बन्ने चर्चा छ ।

रासस


Author

थप समाचार
x