सरकार

आचार्य नेतृत्वको सरकारले गरेको काममा बिषयमा पुनरावलोकन हुन्छ: मुख्यमन्त्री राई

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १६:५६ बजे

काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा बिषयमा पुनरावलोकन गरिने बताएका छन् । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँंग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुर्‍याई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताएका हुन् । 


उनले यसअघिको प्रदेश सरकारले कानुनविपरित र रित नपुर्‍याई धेरै काम गरेको र त्यसलाई खारेज गर्ने धारणा राखे । उनले आफू अगाडिका दुई वटा सरकारले गरेका महत्वपूर्ण र राम्रा कामलाई भने वेवारिसे नछाड्ने भन्दै निरन्रता दिने उल्लेख गरे । 

त्यस्तै मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउन पहलकदमी र नेतृत्व लिने जिकिर गरे । 

उनले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने जानकारी दिए । 


Author

थप समाचार
x