सरकार

ओली सरकारको बजेट कागजी घोडा भएको गृहमन्त्री खाणको आरोप

इकागज |
कात्तिक १९, २०७८ शुक्रवार १३:४८ बजे

बुटवल- गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा त्यसलाई कार्यान्वनमा समस्या भएको बताएका छन् । उनले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई ‘कागजी घोडा’ को संज्ञा समेत दिए ।

शुक्रवार रूपन्देहीको तिलोत्तमा गौशालामा गोवर्धन पूजा समारोहमा सहभागी गृहमन्त्री खाँणले भने, `अहिले हामीले यथार्थमा आधारित बजेट ल्याएका छौं । जनतासँग हामीले जे हो त्यहीँ बोल्नुपर्छ । सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर भएन । कोषमा पैसा त हुनुपर्‍यो । दातृ निकायको पनि सहयोग गरेको छैन । कागजमा लेखेर मात्र हुन्छ ।`


आफूहरूले अघिल्लो सरकारले ल्याएका योजनाहरू कटौती गरेको नभई बजेट अभावले अगाडि बढ्न नसक्ने देखिएपछि रोकेको खाँणले स्पष्ट पारे । उनले अघिल्लो सरकारले ल्याएकै बजेट पास गर्न आग्रह गर्दा पनि कागजी बजेट भएकाले पास गर्न तयार नभएको बताए ।

उनले अहिले ल्याएको बजेट यथार्थ बजेट भएको बताउँदै कागजी बजेटमा समेटिएका केही योजना कटौती भएको समेत बताए ।‘आम्दानी छैन्, खर्च बढी छ । त्यसैले यथार्थ बजेट ल्याएका छौ । यथार्थ बजेट ल्याउँदा केही योजना कटौती पक्कै भएका छन्,’ उनले भने ।

एमसीसी पास गर्ने सवालमा विपक्षी दलका नेताहरूले दुई चरित्र देखाएको आरोप समेत उनले लगाए । ‘विपक्षी दलका नेताहरुले एमसीसी पारित गर्ने सवालमा एउटा नेतासँग बोल्दा पास गर्न सहयोग गछौं । अर्कोसँग बोल्दा यो त कुनै हालतमा पास गर्न हुँदैन भन्नुहुन्छ ।’


Author

थप समाचार
x