सरकार

मैथिली विकास आयोग गठन गर्न ठोस कदम चालिने: गृहमन्त्री खाण

इकागज |
कात्तिक २३, २०७८ मगलवार १३:३८ बजे

जनकपुरधाम- गृहमन्त्री बालकृष्ण खाणले मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताएका छन ।

मंगलबार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले प्रधानमन्त्री देउवाले विगतमा बहुभाषिक विकासको लागि विभिन्‍न निर्णयहरु सम्बोधन गरेकोले मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने बताए ।


उनले भने 'सभापति देउवा प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिकको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी/जनजाति, महिला र दलित लगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निर्णय गरेको बताउँदै मैथिली भाषाको विकासका लागि आयोग गठन सम्बन्धी निर्णय पनि गर्नुहुन्छ ।'

कार्यक्रममा उनले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेको कारण यो मैथिली भाषिकका लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना रहेको बताए । साे  कार्यक्रममा मैथिली विकास कोषले मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न भन्दै गृहमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । 


 


Author

थप समाचार
x