सरकार

परराष्ट्रमन्त्री खड्का र सार्क महासचिवबीच भेटघाट

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १७:५० बजे

काठमाडौँ - परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



Author

थप समाचार
x