सरकार

न्यायालयको समस्या न्यायालय आफैंले समाधान गरोस्: मन्त्री बडू

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १७:४६ बजे

काठमाडौँ- कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयभित्र देखिएको समस्या न्यायालय आफैले समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले न्यायापालिकाभित्रको विवादमा सरकारले पसेर सुल्झाउन नमिल्ने बताए । 

उनले भने, 'संविधानले तोकेका सीमालाई हामी सम्मान गर्छौ, हामी स्वतन्त्र न्यायापालिकाको पनि सम्मान गर्छौ, यसलाई छिटो भन्दा छिटो टुङ्गयाउनुपर्छ ।' न्यायापालिकाभित्रको समस्या हेरिरहेको र यो छिट्टो समाधान होस् भन्ने अपेक्षा र आग्रह सरकारको रहेको उनले बताएका छन् ।  


'समस्या नटुङ्याउँदा जनताकाे न्याय पाउने अधिकार कुण्ठित हुन्छ, जनताको समस्या सरकारको हो, पछि पछि हुँदा धेरै समस्या हुन सक्छन्' उनले भने ।  समस्या समाधानका लागि बार, न्यायाधीश र प्रधानन्यायाधीशहरुलाई आफूले पनि आग्रह गरेको उनले बताए । 


Author

थप समाचार
x