सरकार

जोखिममा रहेका बस्तीका जनतालाई उचित वासस्थान दिन्छौंः मन्त्री झाँक्री

इकागज |
मंसिर ९, २०७८ बिहिवार १४:३३ बजे

काठमाडौँ - शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छिन् ।

उनले योजनाबद्ध विकास गरी अति विपन्‍न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए मोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्‍न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको पनि उल्लेख गरिन् ।


बिहीबारबाट ललितपुरमा सुरु भएको आवास तथा बस्तीसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५ औँ योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताएकी हुन् । 

राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औँ योजनामा नेपालको दिगो विकासको लक्ष्यहरु र नेपालको अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने सरकारको याेजना छ । मन्त्री झाँक्रीले चालू आर्थिक वर्षका कार्यक्रमहरुमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्‍न आयोजनाहरु रहेको बताइन् । 

‘नेपालको दिगो विकासका लक्ष्य र हामीले अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन्’ मन्त्री झाँक्रीले भनिन् ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सृजित समस्याले मानव बस्तीहरु जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताइन् । 

भूकम्प पछिको पुनःनिर्माणमा निजी घरहरुको पुनःनिर्माण लगभग सकिएको बताए । पुनःनिर्माण पछि जनताको आवास सुरक्षित र व्यवस्थित बनेको बताए । भूकम्प पछिको पुनःनिर्माणमा नेपालले गरेको काम र अनुभव विश्वलाई महत्वपूर्ण सिकाई हुने कार्यकारी अधिकृत ज्ञवालीले बताए । 


Author

थप समाचार
x