सरकार

प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

इकागज |
मंसिर १२, २०७८ आइतबार ७:१६ बजे

फाइल फोटो

पोखरा - गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेका छन् । उनले चालु आर्थिक वर्ष २०७८÷७९ को निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेका हुन् ।

दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उनले जानकारी दिइन् । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिएको हो । कार्यक्रमअन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नतिलगायतका योजनामा बजेट विनियोजन गरिएको छ । रासस



Author

थप समाचार
x