सरकार

मन्त्री श्रेष्ठको दाबी- भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ

इकागज |
मंसिर १६, २०७८ बिहिवार ९:२९ बजे

सिन्धुपाल्चोक- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् ।

अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन् । 


भूमिहीनको समस्या समाधानमा  प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनको जिकिर छ ।

माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।
 


Author

थप समाचार
x