सरकार

चैत महिनाभित्र मलको व्यवस्था हुन्छ : कृषिमन्त्री यादव

इकागज |
पुस १८, २०७८ आइतबार १७:१४ बजे

फाइल फोटो

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टिकरण पनि दिए ।

आइतबार सिंहदरवारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए । त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढने जानकारी दिए ।


उनले भने, ‘मलको समाधान भनेको कारखानानै हो । कारखानाका लागि लगानी बोर्डमा प्रस्तावहरु आईरहेका छन । हामी उपयुक्त कम्पनीको खोजी गरेर मल कारखाना नेपालमै स्थापना गर्ने प्रयास गरिएको छ । अन्तराष्ट्रिय बजारमा अभाव भएकाले तत्काललाई मलको व्यवस्था हुन नसकेपनि आगामी चैत्र, बैशाखभित्र मलको पर्याप्त व्यवस्था हुन्छ ।’

मन्त्री यादवले उखु किसानहरुले ४५ दिन भित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताए । अनलाईन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिन भित्र अनलाईन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनको दावी थियो । किसानहरुलाई मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै हुने व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्री यादवले भने ‘हामी किसानहरुको जिम्मेवार मन्त्रालयका भएको नाताले यसपाली ४५ दिनमा उखुको भुक्तानी अनलाईनबाट हुने गरी व्यवस्था गरिएको छ । त्यसैगरी मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै मिलाइएको छ । सम्बन्धित प्रदेशले वितरणको व्यवस्था मिलाउने गरी अनलाईन प्रणालीमार्फत अव मलको पनि व्यवस्था किसानहरुलाई हुन्छ ।’

मन्त्री यादवले किसानलाई बीउविजनको अभाव हुन नदिन पनि सरकार सचेत रहेको बताए । 


Author

थप समाचार
x