सरकार

धनगढीमा प्रधानमन्त्री देउवा र मोदीको पुत्ला दहन

‘भारतीय हस्तक्षेप मुर्दावाद’ भन्दै अनेरास्ववियूको नाराबाजी

दीपक उपाध्याय |
पुस २९, २०७८ बिहीबार २२:७ बजे

कैलाली : धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै बसपार्क अगाडि रहेको साल्ट ट्रेडिङ कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म राँके जुलुससहित नाराबाजी गरेका उनीहरुले कार्यालय अगाडि पुगेपछि पुत्ला पनि जलाएका हुन् । 


नाराबाजीका क्रममा उनीहरुले  ‘कालापानी लिपुलेक हाम्रै हो, भारतीय हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाएका थिए । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x