सरकार

एमालेले बुझायो सरकारलाई २२ बुँदे ध्यानाकर्षण पत्र

सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ : प्रधानमन्त्री

इकागज |
माघ १, २०७८ शनिबार ११:८ बजे

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए । ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए । 
प्रधानन्त्रीले आफुले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए । 


नेकपा एमालेका नेता शुभाष नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिभण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ । एमाले नेताहरू सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले बालुवाटार पुगेर सरकारको ध्यानाकर्षण गराएका हुन् । एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । 

यस्तो छ एमालेले सरकारको ध्यानाकर्षण गराएको पत्र


Author

थप समाचार
x