सरकार

पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न छानबिन समितिकाे सुझाव

इकागज |
माघ ३, २०७८ १६:३९ बजे

फाइल फाेटाे

काठमाडौँ- बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ ।

सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।


सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास अर्गनाइजेशनसँग धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार आफैँ धर्मशालाको निरीक्षणमा गएका थिए । 



Author

थप समाचार
ad
x