सरकार

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

इकागज |
माघ ४, २०७८ मंगलबार १०:१८ बजे

काठमाडौँ- उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार बैठक बसेको हो ।

राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । त्यस्तै बैठकमा स्थानीय तहको निर्वाचनबारे पनि छलफल जारी छ ।


निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि संशय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच  छलफल भएको थियो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।   


Author

थप समाचार
x