सरकार

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

इकागज |
माघ ७, २०७८ शुक्रबार ११:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्‍बोधन गर्न लागेको देउवाका सचिवालय सदस्य गोविन्‍द परियारले इकागजलाई जानकारी दिए । देउवाको सम्‍बोधन सरकारी मिडिया नेपाल टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।



Author

थप समाचार
x