सरकार

प्रधानमन्त्री देउवाको सम्बोधनमा ढिलाइ

इकागज |
माघ ७, २०७८ शुक्रबार १६:१ बजे

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । 

प्रधानमन्त्री निवास बालुवाटारबाट देउवाले शुक्रवार दिउँसो सम्बोधन गर्न लागेका हुन् । 


पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्‍बोधन गर्न लागेको देउवाका सचिवालय सदस्य गोविन्‍द परियारले इकागजलाई जानकारी दिए । देउवाको सम्‍बोधन सरकारी मिडिया नेपाल टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।

दिउँसो ३ बजे सम्बोधन हुने प्रधानमन्त्रीको सचिवालयले जनाए पनि साढे ४ बजेसम्म सुरू हुन सकेको छैन ।


Author

थप समाचार
x