सरकार

तीनै तहको चुनाव एकैपटक गर्ने सत्तारुढ गठबन्धनको निष्कर्ष

संवैधानिक जटिलताका विषयमा विज्ञसँग थप छलफल गर्ने

इकागज |
माघ ७, २०७८ शुक्रबार १९:२९ बजे

फाइल फोटो

काठमाडौं : सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका बिषयमा संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल भएको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर सबै निर्वाचन एकैपटक गर्ने बिषयमा छलफल सुरु गरेको कार्कीले बताए । उनले संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दाबी गर्दै त्यसलाई कसरी मिलाउने बिषयमा पनि छलफल भएको जानकारी दिए।


दलहरुबीच निर्वाचनको बिभिन्न बिकल्पमाथि पनि छलफल भएको नेताहरुले जनाएका छन् । केही दिनमा नै निर्वाचनका बिषयमा टुङ्गो लाग्ने कार्कीको भनाइ छ।


Author

थप समाचार
x