सरकार

नोबेल र केएमसीका सञ्चालक सुनिल शर्मामाथि कारबाही गर्ने गृहमन्त्रीकाे चेतावनी

इकागज |
माघ ७, २०७८ शुक्रबार २०:२८ बजे

फाइल फोटो

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् । गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराए ।


उनले संविधान र कानुनको परिधि भित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए । विद्यार्थीहरुले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन । गृहमन्त्री खाँणले भने, ‘मेडिकल कलेजमा देखिएको जुन समस्याहरु छन, ती समस्याहरुलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्दछ । र दोषीलाई चाँही हाम्रो ऐन, कानुनमा जस्तो प्रबन्छ छ । त्यही अनुसार कारबाही हुन्छ । यस विषयमा विद्यार्थीहरुलाई धेरै कठिन छ । र, सरकारले निर्णय गर्दा आफ्नो प्रक्रिया थालनी गर्दा आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर गर्नु हुँदैन भन्नेमा स्पष्ट छ । पूर्वाग्रह, आग्रहभन्दा माथि उठेर काम हुन्छ । विद्यार्थी संगठनहरु पनि उत्तेजित हुने र आवेशमा आउने काम गर्नु भएन । आवश्यक प¥यो भने पुनः शिक्षा मन्त्रालयसँग छलफल गरेर समस्या समाधान गरिन्छ ।’

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँण समक्ष गरे । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढन पाउने अवस्था गुम्ने चेतावनी पनि दिए ।

उनले भने, ‘कलेज संचालकहरुको भाषा, शैली र तरिकाका कारण यस्तो स्थिति सृजना भयो । यसमा शुल्कको कुरा, छात्रावासको कुरा पनि चिकित्सा शिक्षा आयोगको ऐन विपरित मेडिकल संचालकहरुले गरिरहेका छन । उनीहरुले मेडिकल कलेज पढने विद्यार्थीहरुमाथि दादागिरी देखाईरहेका छन । उनीहरुमाथि तत्काल कारबाही गर्नु हुन्छ । अन्यथा कुनै पनि विद्यार्थीहरुले मेडिकल कलेज पढन सक्ने अवस्था हुँदैन ।’

कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले विद्यार्थीहरुमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कारबाही गर्न सरकारलाई दवाव दिए ।

अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले गैरकानुनी ढंगले विद्यार्थीहरुमाथि चर्को शुल्क असुल गरी आतंक फैल्याउने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले निजी मेडिकल कलेजहरुको विद्यार्थीमाथिको दमन आफूहरुलाई स्विकार्य नहुने चेतावनी समेत दिए । 

अध्यक्ष सिंहले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएपनि सोही अनुसारको व्यवस्था सरकारले गर्न नसकेको भन्दै आपत्ति समेत जनाए । 


Author

थप समाचार
x