सरकार

राष्‍ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा मतदानका लागि सबै प्रक्रिया पूरा

इकागज |
माघ ११, २०७८ मंगलबार १२:१३ बजे

कैलाली - निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।

मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा समेत मतदानका लागि सबै प्रक्रिया पूरा भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले भोलि हुने निर्वाचनका लागि मतदानका सम्पूर्ण प्रक्रिया पूरा भएको बताए ।


स्थानीयतह र प्रदेश सभाका सदस्यहरूका लागि प्रदेश सभा परिसरमा छुट्टाछुट्टै मतदान केन्द्र स्थापना गरिएको बताउदै सहायक निर्वाचन अधिकृत भट्टले प्रत्येक मतदान केन्द्रमा तीन/तीन ओटा मतपेटिकाहरू रहने बताए । सुदूरपश्चिम प्रदेशमा स्थानीयतहका १७५ र प्रदेश सभाका ५२ गरि २२७ जनाले मतदान गर्ने छन् ।


Author

थप समाचार
x