सरकार

स्थानीय तह निर्वाचन

मधेशमा ३३ लाख बढी मतदाता, सर्लाहीमा मात्रै करिब पाँच लाख

सुभाष कर्ण |
बैशाख ५, २०७९ सोमबार ९:१६ बजे

जनकपुरधाम - मधेश प्रदेशमा ३३ लाखभन्दा बढी मतदाता रहेका छन् । प्रदेशभरि १७ लाख ९७ हजार ९ सय ४५ पुरुष र १५ लाख ३३ हजार १ सय ५८ महिला तथा अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १ सय ७० जना मतदाता रहेको प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

गएको फागुन १३ गते गरिएको मतदाता नामावली संकलन तथा अध्यावद्यिकमा  २०७९ साल बैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समेत समावेश गरिने भएको आयोगको कार्यालयले जनाएको छ । 


प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीका सबभन्दा बढी प्रदेशका सर्लाहीमा चार लाख ७४ हजार ४ सय ३९ मतदाता रहेका छन् ।
त्यस्तै धनुषामा चार लाख ६७ हजार ३ सय ८८, महोत्तरीमा  तीन लाख ९१ हजार ५ सय ७७ सप्तरीमा चार लाख १२ हजार ४ सय ४५, चार लाख १४ हजार १ सय ६६, रौतहटमा चार लाख सात हजार ९ सय ९२, बारामा चार लाख २३ हजार ३ सय २७ र पर्सामा तीन लाख ३९ हजार ८३६ मतदाता छन् ।

पन्थीका अनुसार धनुषामा पुरुष दुई लाख ४८ हजार ८ सय ४० तथा महिला दुई लाख १८ हजार ५ सय ४२ र अन्य ६ जना, महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३ सय ७३ र अन्य एकजना, सर्लाहीमा पुरूष दुई लाख ५७ हजार १ सय ३८, महिला दुई लाख १७ हजार २ सय ९२ र अन्य नौ जना मतदाता रहेका छन् ।

त्यस्तै सप्तरीमा पुरूष दुई लाख १३ हजार ८ सय ९२, महिला एक लाख ९८ हजार ५ सय ३२ र अन्य २१ जना, सिरहामा पुरूष दुई लाख १९ हजार ५ सय ६४, महिला एक लाख ९४ हजार ६ सय र अन्य दुई जना, रौतहटमा पुरूष दुई लाख २२ हजार ९ सय ४५ , महिला एक लाख ८५ हजार ४६ र अन्य एकजना, बारामा पुरूष दुई लाख ३१ हजार ८ सय २६, महिला एक लाख ९१ हजार ४ सय ९० र ११ जना अन्य तथा पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्य मतदाता छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x