खाडी

वैदेशिक रोजगारीमा रहेका युवकको मृत्यु

इकागज |
पुस २१, २०७८ बुधबार १८:४४ बजे

सप्तरी - अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए ।


तर, उनको मंसिरमा दुबईमै ज्यान गएको छ । उनका दुई छोरा र पत्नी छन् ।


Author

थप समाचार
x