खाडी

भिजिट भीसा रोक लगाएको खाडीमा अब यी व्यक्तिहरू जान पाउने

इकागज |
माघ ९, २०७८ आइतबार १९:० बजे

काठमाडौं– दुई दिनअघि एक सुचना जारी गर्दै मलेसियासहितका खाडी मुलुकमा भिजिट भीसामा जान लगाइएको रोक आजबाट संसोधन भएको छ । विभिन्न ८ बुँदाभित्र परेकाहरू जान पाउने नयाँ नीति आज गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले माघ ७ गते खाडी राष्ट्र र मलेसियामा भिजिट भिसाबाट प्रवेश प्रतिबन्ध गरेको थियो।


 यी भने जान पाउँछन्

१. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरू।

२. अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय सङ्घ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू (संस्थागत कार्यका लागि मात्र)।

३. नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू (आयात निर्यात सम्बन्धी कार्यका लागि मात्र) र व्यावसायिक कम्पनी÷फर्मका सञ्चालक वा व्यवसायीहरू।

४. खाडी राष्ट्रहरू बाहेक कम्तिमा २ वटा अन्य मुलुक पर्यटकको रूपमा भ्रमण गरिसकेका यात्रुहरू।

५. वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तिमा सोको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू।

६. औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरू।

७. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरू। (सञ्चालक वा आधिकारिक प्रतिनिधि मात्र)।

८. बिरामी कुरुवा वा बिरामीको रेखदेखको रूपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरू (नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत लेखी आउनु पर्ने।


Author

थप समाचार
x