स्वास्थ्य

वीपी प्रतिष्‍ठानका कर्मचारीले चिकित्सकमाथि गरे दुर्व्यवहार

इकागज |
जेठ ११, २०७९ बुधवार १८:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले चिकित्सकमाथि दुर्व्यवहार गरेका छन् । चिकित्सकले बिरामीको कक्षमा भीडभाड भएकाले सम्झाउँदा प्रतिष्ठानका कर्मचारी हसिबर रहमानले बुधबार परियोडोन्टिक्स विभागमा कार्यरत डा. सुनिता साहलाई धम्क्याएका छन् ।

चिकित्सकले अस्पतालको नियमानुसार बाहिर कुर्नु भनेर सम्झाउँदा पनि मानेका थिएनन् । 


प्रतिष्ठानका रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले विज्ञप्ति जारी उल्लेख गरी भनेका छन्,' म को हो चिनेका छौ,  म तिमीलाई तह लगाइदिन्छु । एक फोनको भरमा के के गर्न सक्छु अभद्र व्यवहार गरेका थिए ।'

सोसाइटीले दुर्व्यवहार गर्ने कर्मचारीसमक्ष कारबाहीको माग गरेको छ । साथै ती कर्मचारीले डा. साहसँग माफीसमेत माग्नुपर्ने सोसाइटीले उल्लेख गरेको छ ।

सोसाइटीले माग अनुसार कार्यान्वयन नभएमा कडाइका साथ आन्दोलन गर्ने चेतावनी दिएको छ ।


Author

थप समाचार
x