स्वास्थ्य

उपत्यकामा थप तीन जनामा हैजा

इकागज |
असार १७, २०७९ शुक्रबार १६:२७ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।
रासस



Author

थप समाचार
x