स्वास्थ्य

थप ५३ जनामा कोभिड संक्रमण

इकागज |
असार १९, २०७९ १६:३६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा आइतबार थप ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टिजेन परीक्षणका क्रममा १४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 


कोभिडका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन् ।

 हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
ad
x