स्वास्थ्य

श्रीलङ्कामा मङ्कीपक्सको परीक्षण सुरू

इकागज |
साउन २६, २०७९ बिहिवार ७:२५ बजे

कोलम्बो- श्रीलङ्का स्वास्थ्य विज्ञहरूले आफ्ना नागरिकमा मङ्कीपक्स सङ्क्रमण भए नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

ती अधिकारीले बुधबार सिन्ह्वालाई बताएअनुसार विश्व स्वास्थ्य संगठनले उक्त प्रयोजनका लागि परीक्षण किट उपलब्ध गराएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण गर्न थालेको हो ।


परीक्षण राजधानी कोलम्बो र केन्द्रीय शहर क्यान्डीमा गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले मङ्कीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गत महिना आधिकारिक रूपमा घोषणा गरेअनुसार अफ्रिका क्षेत्रभन्दा बाहिर हालको बहु–देशीय मङ्कीपक्स प्रकोप अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालमा परिणत भएको जनाएको छ ।  
(सिन्ह्वा)


Author

थप समाचार
x