स्वास्थ्य

पिसिएल नर्सिङको भर्ना खुल्यो: ९१ जनाले नि:शुल्क पढ्न पाउने, कुन कलेजमा कति सिट?

इकागज |
साउन ३१, २०७९ मगलवार ११:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ  । सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो।

सिटिइभिटीले जारी गरेको सूचनाअनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार दुई सय ४० सिट छुट्याइएको छ । जसमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन् ।


पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ ।  तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शुल्क पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३० प्रतिशत गरेर तिर्न सकिने सिटिइभिटीले जनाएको छ ।


Author

थप समाचार
x