स्वास्थ्य

डेङ्गुका बिरामीले भरिए टेकु अस्पतालका बेड (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ १४, २०७९ मगलवार १२:४९ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गुका बिरामी बढ्दै गएका छन् । विशेषगरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुका बिरामी बढ्दै गएका हुन् । काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको चिकित्सकहरू बताउँछन् । 


चिकित्सकका अनुसार काठमाडौँका अस्पतालमा धेरै डेङ्गुका बिरामी भर्ना भएका छन् । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअगायतमा डेङ्गुका बिरामी बढ्दै गएका छन् । 

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुका बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

टेकु अस्पतालमा भर्ना भएका डेङ्गुका बिरामी


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x