स्वास्थ्य

कैलालीमा डेंगुको प्रकोप

इकागज |
भदौ २८, २०७९ मंगलबार १९:४४ बजे

कैलाली- पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप बढ्दै गएको छ ।  गत साउन यता कैलालीमा १ सय २४ जनामा डेंगुको संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा बढी लम्कीचुहा नगरपालिकामा ६६ जना डेंगुको संक्रमण देखिएको छ ।

त्यसैगरी सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पताल १३, टीकापुर नगरपालिकामा १, घोडाघोडी नगरपालिकामा र जानकी गाउँपालिका २/२, बर्दगोरिया गाउँपालिकामा ३, मोहन्या गाउँपालिकामा १, माया मेट्रो अस्पताल धनगढीमा ३, मालाखेती अस्पतालमा ७, चौमाला स्वास्थ्य केन्द्रमा ४ र मसुरिया स्वास्थ्य चौकीमा १ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।


केही दिनअघि उपचारका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया महिला र टीकापुरकी एक बालिकाको नेपालगंजमा डेंगुका कारण मृत्यु भएको थियो ।

डेंगु रोग लागेमा एक्कासी ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुची नलाग्ने लगायतका लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वाथ्यकर्मीहरूले सुझाएका छन् ।


Author

थप समाचार
x