डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि बीचको अनौपचारिक वार्ता सकियो
काठमाडौँ- स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दै २० औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।
वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एकजना उपसचिव सहभागी थिए ।
वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।
वार्ता फेरि भोलि (मंगलबार) बिहान १० बजे बस्ने गरी टुङ्गिएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया