स्वास्थ्य

'दुई महिना अगाडिदेखि लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको भए यस्तो अवस्था आउँदैनथ्याे'

इकागज |
असोज ८, २०७९ शनिबार १८:१० बजे

काठमाडौँ- सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर–घरमा डेंगु पुगेको महसुस गर्न थालेको बताए । डा.पुनले आफूले एक दिनमा ७०/८० जनासम्म डेंगुका बिरामी जाँच्ने गरेको सुनाए ।


पछिल्लो समय व्यवसायीहरूले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको उल्लेख गरे । नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकाले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठूलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाइ छ ।

सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उनले बिरामीको संख्या धेरै हुनसक्ने बताए ।


Author

थप समाचार
x