स्वास्थ्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा मेडिसिन विभागका यादवलाई हाजिर हुन निर्देशन

इकागज |
असोज १४, २०७९ शुक्रबार ११:० बजे

काठमाडौँ- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालको प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्निसियनको रुपमा कार्यरत जग्यदेव प्रसाद यादवलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रतिष्‍ठानका अनुसार यादव साउन ४ गतेबाट बिना सूचना बिदा स्वीकृत नगराई बसेका थिए । २२ गते पुनः स्थायी घर भएको ठेगानामा ७ दिन भित्रमा हाजिरसहित स्पष्टीकरण सोधिएको थियो ।


प्रतिष्ठानले जारी गरेको सूचनामा लेखिएको छ,' आजको मितिसम्म सम्पर्कमा नआएकाले सार्वजनिक रुपमा यो सूचना जारी गरिएको छ । सूचना प्रकाशित भएको ३५ दिन भित्रमा उचित कारणसहित हाजिर हुन आउनु होला । तोकिएको समयमा उपस्थिति नभएमा नोकरी कायम नरहने यो सूचनामार्फत जानकारी गराइन्छ ।'


Author

थप समाचार
x