स्वास्थ्य

डेंगुका बिरामी हालसम्मकै उच्च

३० हजार नाघे डेंगु संक्रमित, ३९ जनाको मृत्यु

इकागज |
असोज १५, २०७९ शनिवार २०:१५ बजे

काठमाडौँ- नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो ।


दशैंको मुखमा डेगु लागेपछि सर्वसाधारणको बिचल्ली भएको छ । 

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। 


Author

थप समाचार
x