स्वास्थ्य

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा दुई दिन ओपीडी बन्द

इकागज |
मंसिर २, २०७९ शुक्रबार १२:३० बजे

काठमाडौँ-  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मङसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदै छ ।  सरकारले उक्त दिन  सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द हुने भएको हो ।

प्रतिष्‍ठानका अनुसार अस्पतालतर्फको  अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरंग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने छ ।


 


Author

थप समाचार
x