२४ घण्टामा एक जनालाई मात्र काेभिड -१९
काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एक जनमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सबै चार सय ३७ जनाको पिसीआर परीक्षण गरिएको हो । यस्तै, अहिले नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या जम्मा दुई सय एक जना रहेका छन् भने कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया