स्वास्थ्य

चिकित्सा शिक्षा आयोगले भन्यो- अनुमति प्राप्त नगरेको शिक्षण संस्थाले भर्ना आव्हान नगर्नू

इकागज |
मंसिर १९, २०७९ सोमबार १३:१२ बजे

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेको शिक्षण संस्थाले विद्यार्थी भर्ना आव्हान गरेकोमा आपत्ति जनाएको छ । विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरूलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगराउन आयोगले अनुरोध गरेको छ ।

आयोगले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ,’ प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने गरी भर्ना नगर्नू नगराउनु हुन र त्यसरी गरेको पाइएमा प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।'


  


Author

थप समाचार
x