स्वास्थ्य

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र

इकागज |
मंसिर २०, २०७९ मंगलबार २१:२९ बजे

मकवानपुर- मकवानपुर जिल्लाकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएकाे छ । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएकाे हाे ।

मिर्गौला अङ्ग प्रत्यारोपण, डायलासिस सेवा विस्तारका लागि सहकार्य गर्न लागि प्रतिपक्षीय सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालमा सेवा विस्तार गर्ने अभियान स्वरूप मिर्गौला अङ्ग प्रत्यारोपण गर्नका सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।


सम्झाैता अनुसार यस आर्थिक वर्ष भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गरिने तथा बागमती प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरूमा डायलासिस सेवा विस्तार समेत गरिने भएकाे छ ।

मंगलबार हेटौंडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामासहितको उपस्थितिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता भएसंगै काम तत्काल अगाडि बढाइने बताइएको छ । सम्झाैता पछि मुख्यमन्त्री पाण्डेले काम गर्ने इच्छा शक्ति हुँदा आर्थिक अभाव हुन नदिने बताए । सम्झाैता अनुसारकाे काम सकिएपछि अस्पतालबाट सेवा दिन सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीले बताएए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् । मिर्गौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।

सम्झाैता अनुसार हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्नकाा लागि आवश्यक स्वास्थ्य परीक्षणपछि साेकाे रिपाेर्टका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पठाउने भएकाे छ । प्रत्यारोपण केन्द्र भक्तपुरले रिपाेर्ट हेटौंडा अस्पताललाई उपलब्ध गराउने छ ।


Author

थप समाचार
x