स्वास्थ्य

कर्णालीमा काेभिड

स्वास्थ्यकर्मीलाई संक्रमित थेग्नै सकस

लक्ष्मी भण्डारी |
बैशाख १९, २०७८ आइतबार १७:२८ बजे

सुर्खेत : कोरोना माहामारीको दोस्रो लहर बढेपछि कर्णालीका स्वास्थ्यकर्मीहरुलाई संक्रमित थेग्नै सकस परेको छ ।संक्रमित बढेपछि गम्भीर बिरामीलाई मात्र हेर्नुपर्ने अवस्थाआएको छ । कर्णालीप्रदेश अस्पतालमा जनशक्तिको एकदमै अभाव देखिएको छ ।अन्यबेलामापनिजनशक्तिको अभावझेलिरहेको प्रदेश अस्पतालमा कोरोना महामारीको समयमा यो समस्याझनै बढेकोप्रदेश अस्पताल कोरोना फोकल पर्सन डा. केएनपौडेलले बताए । ‘प्रदेश अस्पतालमाजनशक्तिअभाव त सधैं छ, तर यो बेलामाझन् गाह्रो भयो’ पौडेलले भने,‘बिरामी बढिरहेका छन् । तर, स्वास्थ्यकर्मीको अभाव छ ।’

कर्णालीप्रदेशमा स्वास्थ्यकर्मीहरु आउननमान्दापनि समस्याभएको उनले बताए । ‘कर्णालीमा स्वास्थ्यकर्मी आउनमान्दैनन्,आएपनि बस्दैनन्’ उनले भने, ‘यो कोभिड महामारीको बेलाझन् समस्याथपिएको छ ।’ कर्णालीप्रदेश अस्पतालमा तीनजना स्वास्थ्यकर्मीले ३५ जनाभन्दा बढी कोरोनाका बिरामीहरूलाई हेर्नुपरेको कोरोना ‘फोकल’ पर्सन पौडेलले बताए ।


दैनिक ५० देखि ६० जनासम्मनयाँ बिरामी अस्पतालमा आउँछन् । तर, उनीहरुलाई अक्सिजनको समस्या देखिएको पौडेलले बताए । नेपालगन्जभएर अक्सिजनको सिलिण्डर आउने गरेको छ। ‘दैनिक एक सय वटा सिलिण्डर आइरहेको छ तर, हामीलाई दुई सयदेखि अढाई सयसम्मआवश्यक पर्छ’उनले भने, ‘अक्सिजन र जनशक्तिको अभावले काम गर्न समस्याभइरहेको छ ।’ 

कर्णालीप्रदेश अस्पतालमा अभावभएको जनशक्तिपूर्ति गर्ननयाँविज्ञापन गर्नुको विकल्प नरहेकोपौडेल बताउँछन् । ‘अस्पतालमाओपिडी सेवाबाहेक सबै सेवा सञ्चालनभइरहेका छन् ।त्यसैले पुरानाकर्मचारीहरू यसैमा व्यस्त हुन्छन्,’ डा. पौडेलले भने, ‘अब यस्तो महामारीको अवस्थामानयाँकर्मचारी ल्याउनुबाहेक अरु उपाय नै छैन।’

प्रदेश अस्पताल कर्णालीप्रदेशको प्रवेशद्धारमा भएकाले प्रदेश अस्पतालमा बिरामील्याउनपायक पर्ने भएकाले पनिअन्य स्वास्थ्य संस्थाहरुबाट पनिबिरामीलिइदिनफोन आउने गरेको पौडेलले बताए ।‘हरेकदिनहामीलाई फोन आउँछ, सकेसम्म जिल्ला अस्पतालहरूलाई बिरामीउतै राख्ने व्यवस्था गर्नुस् भन्ने गरेका छौं ।पौडेलले भने, ‘मृत्युदर बढेको छ ।’स्वास्थ्य सेवानिर्देशनालय सुर्खेतकाअनुसार, कर्णालीमा कोरोनाको कारण ५१ जनाको निधन भएको छ । 


Author

थप समाचार
x