स्वास्थ्य

चिकित्सक संघ निर्वाचन : आजदेखि काठमाडौँमा मतदान सुरु

इकागज |
माघ १९, २०७९ बिहिवार १४:२७ बजे

काठमाडौँ- नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत बिहीबारदेखि काठमाडौंमा मतदान सुरु भएको छ ।

मतदान नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको विभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।


निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेसागत समावेशी समूह मैदानमा छन् भने डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह चुनावमा होमिएको छ ।

लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डा अनिलबिक्रम कार्कीले चिकित्सा पेसामा लागेदेखि नै यस क्षेत्रको समस्या समाधानका लागि क्रियाशील रहेकाले जित्ने आधार रहेको बताए ।

त्यस्तै पेसागत समावेशी समूहका अध्यक्ष पदमा उम्मेदवारी दिएका डा सन्तोष पौडेलले युवा चिकित्सहरूको एजेण्डालाई प्राथमिकतामा राखिएको उल्लेख गरे । उनले आफूहरूको एजेण्डाहरूले सम्पूर्ण चिकित्सकहरूको ध्यानाकृष्ट भएकाले निर्वाचनमा जित्ने बताए ।

नेपाली चिकित्सकहरूको छाता संस्थाकमा रूपमा २००७ मा २० जना सदस्यबाट स्थापना भएको संघमा हाल १२ हजारभन्दा बढी सदस्य रहेका छन् ।


Author

थप समाचार
x