स्वास्थ्य

सेती अस्पतालले 'इएचएस' सेवा दिने

इकागज |
फागुन १६, २०७९ मंगलबार १४:० बजे

काठमाडौँ- सेती प्रादेशिक अस्पतालले 'बिस्तारित अस्पताल सेवा' (इएचएस) दिने भएको छ । बिरामीको चाप दिनप्रतिदिन बढेकाले आज ३ बजेदेखि (मंगलबार) सेवा दिने भएको हो । अस्पतालले सार्वजनिक बिदा र शनिबारबाहेक प्रत्येक दिन ३ बजेदेखि सेवा दिने जनाएको छ ।

‘आज १६ गतेबाट सार्वजनिक विदा र शनिबारका दिन बाहेक प्रत्येक दिन अपरान्ह ३ बजेदेखि विस्तारित अस्पताल सेवा (इएचएस) सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ । थप जानकारीका लागि यस अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।



Author

थप समाचार
x