स्वास्थ्य

पाँच जना स्टाफ नर्सलाई वीर अस्पतालले निकाल्यो

इकागज |
फागुन ३०, २०७९ मंगलबार ७:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ । स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले  सूचना गरी जानकारी दिएको छ ।

पाँचै जना नर्सलाई पटक-पटक सूचना जारी गर्दा पनि हाजिरीका लागि उपस्थिति गर्दा पनि बेवास्ता गरेको अस्पतालले बताएको छ ।


‘बिदा स्वीकृत नगरी अस्पतालबाट बसेको र पटक-पटक सूचना जारी गर्दा पनि सूचना गरेको ३० दिनभित्रमा उपस्थितिका लागि अनुरोध गर्दा पनि उक्त समयमा कार्यालयमा हाजिरी हुन आएको छैन,’ सूचनामा उल्लेख गरिएको छ ।

चि. वि. रा.प्र नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले प्रस्ट पारेको छ ।

 

 


Author

थप समाचार
x