स्वास्थ्य

काठमाडौँमा दुई साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन सुरु

इकागज |
चैत ३, २०७९ शुक्रवार १६:२२ बजे

काठमाडौँ- नेपालमा दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन सुरु भएको छ । शुक्रबारदेखि शनिबारसम्म हुने काठमाडौँको ह्यात रिजेन्सी होटलमा साफिसको पहलमा डिन,आइएस्सइ र इस्मोनको संयुक्त आयोजनामा दुई दिने कार्यक्रम सुरु भएको हो । सम्मेलनमा श्रीलंका, बंगलादेश, भारत, माल्दिभ्स र अफगानिस्तान लगायतका प्रतिनिधिहरू पनि सहभागी छन् ।

सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धित रोगहरूको बारेमा कार्यपत्र पेश हुने आयोजकले जानकारी दिएका छन् ।


सम्मेलनमा साफिस अन्तर्गत रहेका विभिन्न मुलुकका विज्ञहरूद्वारा दक्षिण एसियाली स्तरीय अनुसन्धान गरी मोटोपना सम्बन्धी जनचेतना जगाउनलाई काठमाडौँ घोषणापत्र समेत सार्वजनिक हुनेछ ।

सम्मेलनको उद्घाटन समारोहमा सिफानकी अध्यक्ष डा. टीना श्रेष्ठले परिवार र सिङ्गो समाजलाई मानसिक र आर्थिक रुपमा नकारात्मक प्रभाव पारेको बताएकी छन्।

‘मधुमेहको कारणले प्रभाव पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सम्बोधन हुनुपर्छ,’ उनले भनिन्,’ मधुमेहको उपचाररत चिकित्सक, बिरामी तथा परिवारका सदस्यहरू सबै मिलेर यसको समाधानका उपायहरू खोजिनुपर्छ ।‘

दुई दिनसम्म चल्ने सम्मेलनमा मधुमेह साथसाथै जटिल समस्याको रुपमा रहेको थाइराइड सम्बन्धी समस्याको पहिचान तथा उपचार र रोकथामको लागि अनुसन्धानमूलक साझा सहमति सहितको निर्देशिका प्रस्तुत हुनेछ ।

सम्मेलनको पहिलो दिन कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वार अभिनित वृत्तचित्र मधुमेहको भाग-२ को प्रिमियर शो समेत प्रस्तुत गरिएको थियो । नेपाल टेलिभिजनमा आज रातिदेखि उक्त सो प्रसारण हुने जानकारी दिएको थियो । उद्घाटन समारोहमा नेपाल मधुमेह सोसाइटीलाई लाइफ एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो ।

 

 


Author

थप समाचार
x