स्वास्थ्य

मुगुका ज्येष्ठ नागरिकले अस्पतालमा पाएनन् छुट

इकागज |
जेठ १८, २०८० बिहीबार १२:२९ बजे

फाइल फोटो

मुगु - ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छन् । सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ । तर, मुगुका ज्येष्ठ नागरिकले त्यो सेवा पाएका छैनन् ।  

छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका ७२ वर्षीया देवीदास रावल श्रीमतीलाई पेट सुनिने समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पताल ठिनिमा पुगे । सरकारले ज्येष्ठ नागरिकलाई दिने उपचारमा छुटकाे सुविधा नपाएको गुनासो गरे  । 


निःशुल्क उपचारको अपेक्षा गरेका मुगुका ज्येष्ठ नागरिक अस्पतालमा पुगेपछि कुनै पनि सेवा निःशुल्क नपाएको बताएका छन् । आर्थिक अवस्था न्यून भएका मुगुका नागरिकलाई सधैँ रोग र भोगले पिरोलि रहने गरेको छ । ‘श्रीमानको उपचार गर्दै गर्दा हजारौं रुपैयाँ सकियो । उपचार पनि भएको छैन । श्रीमान अब भगवानको भरोसा मात्र भएका छन्,’ छायाँनाथ रारा नगरपालिका वडा नं ४ का धर्मदेवी भामको भनाइ छ । 

उनी मात्र होइन नि:शुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने ज्येष्ठ नागरिकहरू उपचारका लागि शुल्क तिर्न बाध्य छन् । सरकारले ज्येष्ठ नागरिक र अति विपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि जिल्ला अस्पताल मुगुले भने सरल सेवामा अंकुश लगाएको  स्थानीयको भनाइ छ । 

विभिन्न कागजात मागेर झन्झट दिने र उपचार सेवाबाट  बन्चित  गराइएकाे ज्येष्ठ नागरिककाे गुनासाे छ । जिल्ला अस्पताल मुगुमा ज्येष्ठ नागरिक र लक्षित वर्गलाई दुई प्रकारको बजेट आएको छ । 

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुःल्क गर्ने र ६० वर्ष देखि ६९ वर्षका नागरिक लाई परिचय पत्रको आधारमा ५० , ७० वर्ष देखि ७९ वर्ष लाई ७५ प्रतिशत र ८० वर्ष वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई शत प्रतिशत उपचार दिएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख कमल ढुंगानाले बताए ।


Author

थप समाचार
x