स्वास्थ्य

स्वास्थ्य मन्त्रालयकाे निर्देशन : निजी अस्पतालले पनि विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्नू

इकागज |
जेठ २१, २०८० आइतबार १५:४ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले सामुदायिक, निजी र सरकारी अस्पताललाई कूल शय्याको १० प्रतिशत शय्यामा राखी बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । अबदेखि सबै अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीहरूलाई कूल शय्याको १० प्रतिशत शय्यामा राखी उपचार गर्नु पर्नेछ ।  

सरकारले जारी गरेको गरिब परिचयपत्रलाई आधार मानी अस्पतालले कूल शय्याको १० प्रतिशतमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय बैठकले जेठ १९ गतेको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएका विपन्न, असहाय  र बेवारिसे बिरामीको वडा कार्यालयको सिफारिस अनुसार उपचार गराउनु पर्ने छ ।

नेपाल सरकारले पहिचान खुल्ने गरी जारी गरिएको परिचयपत्रको आधारमा उपचार गराउनुपर्ने छ ।

 


Author

थप समाचार
x