स्वास्थ्य

कोभिड संक्रमणले परीक्षा नियन्त्रकको मृत्यु

इकागज |
जेठ २८, २०७८ शुक्रबार १७:५३ बजे

बुटवल  : लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँ कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाडौँकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहीबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन् । विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 


त्रिभुवन विश्वविद्यालयका पूर्व सह-प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत थिए । उनका एक छोरा एक छोरी र श्रीमती छन्  । 


Author

थप समाचार
x